बडीगाड गाउँपालिकाको राहत कोषमा मुस्लिम समुदायको सहयोग

जीवन पाण्डे वैशाख १९ । बडीगाड गाउँपालिकाको राहत कोषमा सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ । कोरोना भाईरस कोभिड १९ सक्रंमणको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गरेको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । यसैक्रममा शुक्रवार विभिन्न ठाउँमा घर भई बडीगा…

बडीगाड गाउँपालिकाको राहत कोषमा मुस्लिम समुदायको सहयोग
जीवन पाण्डे वैशाख १९ । बडीगाड गाउँपालिकाको राहत कोषमा सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ । कोरोना भाईरस कोभिड १९ सक्रंमणको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गरेको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । यसैक्रममा शुक्रवार विभिन्न ठाउँमा घर भई बडीगाडलाई कर्मथलो बनाएका मुस्लिम समुदायका व्यक्तिहरुले पनि सामुहिक रुपमा रकम सकंलन गरि गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । बडीगाडमा विभिन्न पेशा व्यवसाय गर्दै आईरहेका उनीहरुले सकंलन गरेको नगद रु १५ हजार रुपैँया गाउँपालिकाको राहत कोषमा दिएका छन् । मुस्लिम समुदायका अगुवा जमुदिन मियाले सबै व्यापारीहरुको तर्फबाट सकंलित उक्त रकम गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो । स्थानीय व्यवसायी अकिल मिया, फिरोज मिया, काला मिया, नजरदिन मिया, स्माईल मिया, सलिम मिया र राजा अलिद्धारा सकंलित रकम पालिकाको राहत कोषमा जम्मा गरिएको अगुवा जमुदिन मियाले बताउनुभयो । गाउँपालिका भित्र रहेका विपन्न मजदुर वर्गहरुलाई कोरोनाका कारण भोकै वस्ने अवस्था सिर्जना नहोस र कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले चालेको कदमलाई थोरै भएपनि सहयोग होस् भन्ने हेतुले आफुहरुले सहयोग गरेको उहाँको भनाई छ । रकम बुझ्दै गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले मुस्लिम समुदायलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले गाउँपालिकामा वास्तविक विपन्नले भन्दा पनि सम्पन्न वर्गले समेत राहतको लागि दाबी गर्ने होडबाजीका विच व्यापारीहरुबाटै सहयोग आउनु सकारात्मक सन्देश दिने बताउनुभयो । अध्यक्ष पाईजाले यो समयमा आफै पनि व्यापारीहरु मारमा परे पनि विपदको बेलामा धेरै थोरै सहयोग गरेर कोरोना नियन्त्रणका लागि लागि परेको भन्दै आभार व्यक्त गर्नुभएको थियो । यस अगाडी विपद व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाडका अध्यक्ष गुणानिधि घिमिरेले ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ वाट वचाउँन राहत तथा अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ । सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ ।