काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मंगलबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको जानकारी दिए…

काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले मंगलबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरेको हो ।