जीवन पाण्डे, बाग्लुङ - बाग्लुङमा बजार अनुगमनको क्रममा अचम्मको मिठाई फेला परेको छ । जिल्लाको बडिगाड गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा भेटिएको मिठाईमा उल्लेख गरिएको उत्पादन मिति भन्दा अगावै बजारमा अाएको भेटिएको हो । किन्डर बल नामको उक्त मिठाईको उत्पादन मिति २०२० जुन ८ लेखिएको छ जबकि अहिले मे २०२० चल्दैछ ।
उक्त मिठाई को प्रयोग समय उत्पादनका मितिले २ वर्ष प्रयोग गर्न मिल्ने उल्लेख छ । रुपन्देहीको भैरहवामा रहेको शक्ति स्वीट्स एण्ड मिस्री नामक उत्पादक कम्पनीबाट उक्त मिठाई बजारमा आएको हो । उत्पादकहरुबाटै आउने यस्ता लापरबाहीले अनुगमनमा समेत समस्या हुने गरेको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बताउनुभयो ।
यसले कसलाई कसरी कारबाही गर्ने भन्नेमै अन्यौल सिर्जना गरेको उहाँको भनाई छ । उक्त मिठाई सहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाउने तैयारी भईरहेको उहाँको भनाई छ । यस्ता कम्पनीलाई कानुनी कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उपभोक्तालाई भ्रम सिर्जना गर्ने र गाउँमा उत्पादन मिती नहेरी बिक्री गर्नाले स्वास्थमा समेत खेलवाड हुने उहाँको भनाई छ ।
मिठाई कम्पनिको चरम बद*मासी, उल्लेखित उत्पादन मिति भन्दा पहिले बजारमा! (भिडियोसहित)
जीवन पाण्डे, बाग्लुङ - बाग्लुङमा बजार अनुगमनको क्रममा अचम्मको मिठाई फेला परेको छ । जिल्लाको बडिगाड गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा भेटिएको मिठाईमा उल्लेख गरिएको उत्पादन मिति भन्दा अगावै बजारमा अाएको भेटिएको हो । किन्डर बल नामको उक्त मिठाईको उत्पादन मिति २०२० जुन ८ लेखिएको…
