एमालेको सक्रिय राजनीतिमा फर्किइन पूर्वराष्ट्रपति विद्या भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् । उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार…

एमालेको सक्रिय राजनीतिमा फर्किइन पूर्वराष्ट्रपति विद्या भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् ।

जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् । भण्डारीले भनिन्– ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’

भण्डारीको सम्वोधनको पूर्णपाठ

https://drive.google.com/file/d/16yKq8DmkeIIrdNSqFC4Sgo_NtcJa4-Qx/preview