छविलाल पाण्डे, बाग्लुङ वैशाख २२ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफनो व्यक्तिगत तर्फदेखि तमानखोला गाउँपालिकामा रहेका गरीव विपन्न परिवारका निम्ति खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । सोमबार तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई नेपालीले उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
आफु र आफनो धर्मपत्नि छेला नेपालीको तर्फबाट गाउँपालिका अन्र्तगत सबै वडाका २ सय ३१ घरपरिवारका निम्ती वितरण गर्ने गरी तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई जिम्मा दिएको बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरीव, विपन्न जनताका निम्ती हातमुख जोर्न समस्या भइरहेको र यस्तो अवस्थामा थोरै भएपनी राहात होस भन्ने उदेश्यले आफुले राहात उपलब्ध गराएको बताउनुभयो ।
राहातमा वडा नं.१ का ७० घरपरिवार, २ मा ३४, ३ मा २३, वडा नं.४ मा २५, वडा नं.५ मा ४५ र वडा नं.६ मा २६ र अन्य बाँकि ८ परिवार गरी २ सय ३१ घरपरिवारका निम्ती खाद्यान्न वितरण गर्ने जिम्मा दिइएको नगरप्रमुख नेपालीले बताउनुभयो । खाद्यान्नमा २ सय ३१ बोरा स्टिम चामल, २ सय ३० लिटर खाने तेल, २ सय ३० केजी दाल, २ सय ३० केजी नुन, ४ सय ६० नुहाउने सावुन गाउँपालिका कार्यालयलाई हस्तान्तरण गरीएको जनाइएको छ ।
ढोरपाटन नगरप्रमुख नेपालीद्धारा व्यक्तिगत खर्चमा विपन्न परिवारमा राहत
छविलाल पाण्डे, बाग्लुङ वैशाख २२ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफनो व्यक्तिगत तर्फदेखि तमानखोला गाउँपालिकामा रहेका गरीव विपन्न परिवारका निम्ति खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । सोमबार तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई नेपालीले उक्त खाद्यान्न सामाग्री…
