काँग्रेस नेता जित शेरचनले विपन्न परिवारका १ बालकलाई निशुल्क शिक्षा र लालनपोषण गर्ने

छविलाल पाण्डे,वैशाख २२ । नेपाली काँग्रेसका नेता जित शेरचन र अर्जुन शेरचन सहितको टोलीद्धारा आइतबार र सोमबार गरी १ सय २ घरपरिवारलाई खाद्यान्न वितरण गरीएको छ । क्षेत्र नं.२ प्रदेश (ख) अन्र्तगतका ३ वटै पालिकामा रहेका गरीव, विपन्न, अशक्त परिवारका निम्ती खाद्यान्न वितरण अभियान अन्तर्गत…

काँग्रेस नेता जित शेरचनले विपन्न परिवारका १ बालकलाई निशुल्क शिक्षा र लालनपोषण गर्ने
छविलाल पाण्डे,वैशाख २२ । नेपाली काँग्रेसका नेता जित शेरचन र अर्जुन शेरचन सहितको टोलीद्धारा आइतबार र सोमबार गरी १ सय २ घरपरिवारलाई खाद्यान्न वितरण गरीएको छ । क्षेत्र नं.२ प्रदेश (ख) अन्र्तगतका ३ वटै पालिकामा रहेका गरीव, विपन्न, अशक्त परिवारका निम्ती खाद्यान्न वितरण अभियान अन्तर्गत आइतबार र सोमबार गरी ढोरपाटन नगरपालिका वडा नं.६ मा ४८ घरपरिवार, वडा नं.५ मा ३४ परिवार, वडा नं.३ घोसामा २७ परिवार र सामा गाउँमा १२ घरपरिवारका निम्ती खाद्यान्न वितरण गरीएको नविन शेरचनले बताउनुभयो । कोरोना भाइरस (कोभिड १९ ) का कारण दैनिक ज्याला मजदुरी गर्दे आएका र अति गरीविको रेखामुनी रहेका परिवारका निम्ती खाद्यान्न वितरण गरीएको जनाइएको छ । अभियानमा नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचन, महादिवेशन प्रतिनिधी जित शेरचन, पुर्व क्षेत्रीय सभापती नरबहादुर गुरुङ, जिल्ला सदस्य मेशलाल सर्मा, नेपाल महािल सँघ क्षेत्रिय सभापती लिलमाया पुन, दिलमाया पौवी भिमु क्षेत्री, सरन पाण्डे ,लगाएतको उपस्थितिमा राहात हस्तान्तरण गरीएको जनाइएको छ । राहत वितरण अभियानमा चामल, तेल, नुन हस्तान्तरण गरीएको हो । त्यसैगरी नेता जित शेरचनद्धारा ढोरपाटन नगरपालिका वडा नं.६ का एक वालकलाई कक्षा १२ सम्म अध्यन गर्नका निम्ती सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता जनाउनु भएको छ । आमा अर्कसँगै विवाह गरेको र बाबाले समेत अर्कि आमा लिएपछि लालन पालन, शिक्षा दिक्षामा बालकलाई समस्या देखिपछि नेता शेरचनले आफुले पूर्ण सहयोग गर्ने गरी एक ४ बर्षिय बालक विश्वास विकको जिम्मा लिएको शेरचनले बताउनु भयो । बालकको अध्ययन सँगै खान बस्नको समेत प्रवन्ध आफुले मिलाउने बताउनु भयो ।