विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षामन्त्रीले फेरी मागे समय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्नका लागि थप समय माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा सत्ता गठबन्धनभित्रै कुरा नमिलेको भन्…

विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षामन्त्रीले फेरी मागे समय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्नका लागि थप समय माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा सत्ता गठबन्धनभित्रै कुरा नमिलेको भन्दै विधेयक पास गर्न ढिलाइ भएको बताएका हुन् ।

‘एक–दुई वटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा छलफल गर्नुछ,’ मन्त्री पन्तले भने, ‘हामी क्षमाप्रार्थी छौं । आज पास गर्ने भनेका थियौं, सकिएन । केही समय चाहिन्छ ।’

यसअघि पनि मन्त्रीकै आग्रहमा असार १६ गतेको बैठक स्थगित गरिएको थियो । शिक्षक महासंघसँग वार्ता जारी रहेकाले फेरि समय मागिएको हो ।

समितिका सदस्यहरुले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न दबाव दिँदै आएका छन् ।

शिक्षक नियुक्ति, सरुवा र व्यवस्थापन लगायतका विषयमा विवाद रहँदै आएको छ ।