बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे

रसुवा । छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ। बाढीले टिमुरेस्थित भ…

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे

रसुवा । छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले  बताए ।

उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।

उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।