काठमाडौं,वैशाख २३ । निको भएर फर्किएका दुई जनामा पुन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबै जना २१ वैशाखमा फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
कोरोनाबाट कसरी बच्ने रु केही टिप्स :
कोरोनाको महाव्याधिबाट संसार त्रस्त छ । यसका सामु मै हुँ भन्ने विकसित देशहरु पनि हावाकावा खाइरहेको छ । नेपालमा पनि त्यो महाव्याधिले खुट्टा फैलाउँदैछ । यसका विरुद्धमा अहिलेसम्म खोप वा औषधि फेला परिसकेको छैन । यो स्थितिमा यो रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय नै रोगलाई आफूछेउ ढिम्किन नदिनु नै हो । अत्यन्तै तीब्रगतिमा संक्रमित मानिसबाट स्वास्थ्य मानिसमा सर्ने गरेको कोरोनाको प्रकोपबाट बच्नका लागि अपनाउनै पर्ने सावधानीका उपायहरु यस प्रकार छन् :
मास्क लगाउन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को सल्लाह – भौतिक दूरी (सामाजिक दूरी) कायम गर्न सम्भव नभएका स्थानहरुमा अनिवार्य रुपमा मुख ढाक्ने लुगा (मास्क)लगाउने । एउटा कपडाको सामान्य मास्कले पनि कोरोनाभाइरसको संक्रमण भएको तर लक्षण नदेखिएको व्यक्तिबाट उक्त भाइरस फैलिने गतिलाई सुस्त बनाउन सहयोग गर्छ । त्यस्तो मास्क सर्जिकल वा विशिष्ट खालको नै हुनुपर्छ भन्ने छैन, सामान्य कपडाको मास्कले पनि काम चल्छ । मुख ढाक्ने कपडाको मास्कलाई नियमित रुपमा घुनुपर्छ । मास्क हटाउँदा सावधानी अपनाउनु पर्छ । आँखा, नाक, मुख नछोइकनै मास्क खोल्ने गर्नुपर्छ । मास्क खोलिसकेपछि त्यसलाई धुनपर्छ । साथै, हरेक पटक मास्क खोलेलगत्तै साबुन पानीले हात धुनुपर्छ ।
विश्व स्वास्थ्य संगठनको सल्लाह :
नियमित रुपमा साबुन पानीले हात धुनुपर्छ अथवा अल्कोहल भएको स्यानिटाइजर लगाउनुपर्छ । खोकेपछि र हाँच्छिउ गरेपछि, संक्रमितको हेरचाह गरेपछि, खाना पकाउनुअघिपछि, खानुअघि, चर्पीको प्रयोग गरेपछि, हात मैलो भएपछि, फोहोरमैला छोएपछि र जनावरहरु छोएपछि हात धोइहाल्नुपर्छ । खोकी लागिरहेको वा हाँच्छिउ गरिरहेका व्यक्तिबाट कम्तिमा १ मिटर (३ फिट)को दूरी कायम गर्नुपर्छ । आफ्नो हातले आँखा, नाक वा मुख छोइरहनु हुन्न । सार्वजनिक स्थानमा थुक्नु पनि हुन्न । खोक्दा वा हाँच्छिउ गर्दा सधै मुख र नाक टिस्यूले वा हातको पाखुरा दोबारेर छेक्नुपर्छ । त्यसरी प्रयोग गरेको टिस्यू तुरुन्तै विसर्जन गर्नुपर्छ । हात धोइहाल्नुपर्छ ।
चिकित्सीय सल्लाह :
तपाईंमा कोरोनाका लक्षणहरु छन् भने अरु मानिससँगको सम्पर्कलाई पन्छाउनुपर्छ । अस्वस्थ महसूस भयो वा टाउको दुख्ने, रुघा लाग्ने जस्ता सामान्य लक्षणहरु देखापरेको छ भने भने घरमैमा बस्नुपर्छ । त्यसो गरेर स्वास्थ्य संस्थाहरु तथा अन्य मानिसहरुमा रोग सर्नबाट बचाउन सकिन्छ । ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुने जस्ता गम्भीर लक्षणहरु देखापर्यो भने चाहिँ तुरुन्तै नजिकका स्वास्थ्य संस्थाहरु वा चिकित्सकको मद्दत लिइहाल्नुपर्छ । तपाईंले हालसालै भेटेका व्यक्तिहरु तथा आफूले यात्रा गरेको विवरण लेखेर अधिकारीहरुलाई बुझाउनु पर्छ । त्यसले गर्दा अन्य संक्रमित व्यक्तिहरुलाई खोजेर यो संक्रमण फैलिनबाट रोक्न सकिन्छ । कोभिड–१९ का बारेमा अधिकारीहरुले जारी गरेका दिनानुदिन भइरहेका प्रगतिहरुका बारेमा जानकार रहनुहोस् र त्यसको पालना गर्नुहोस् ।
मास्क र पन्जाको प्रयोग
स्वस्थ मानिसले विरामीको हेरचाह गरिरहेका छन् भने मात्रै मास्क लगाउनु पर्छ । खोकी लागेको छ र हाँच्छिउ लागिरहेको छ भने पनि मास्क लगाउनुहोस् । नियमित रुपमा हात घोइरहने बानी गरियो भने मात्रै मास्क लगाएको प्रभावकारी हुन्छ । मास्क लगाइरहेको बेलामा घरिघरी छोइबस्नु हुँदैन । मास्क छुनुपर्दा पहिले हात धुनुहोस् । एक पटक मात्रै प्रयोग गर्ने खालका मास्क लगाउँदा वा हटाउँदा राम्ररी अघि झुकेर लगाउनुहोस् । मास्क प्रयोग गरेर फ्याँकिसकेपछि राम्ररी हात धुनुहोस् । एक पटक मात्रै लगाउने खालका मास्क घरिघरी नलगाउनुहोस् । पञ्जा लगाउनुभन्दा घरिघरी हात धुने बानी कोभिड–१९ को संक्रमणविरुद्ध बढी प्रभावकारी हुने गर्छ । हामीले लगाएको रबरको पञ्जामा पनि कोरानोभाइरस टाँसिन सक्छ, जुन हामीले अनुहार छुँदा सजिलै सर्न सक्छ ।
निको भएका दुई जनामा पुनः कोरोना देखियो , कसरी बच्ने त ? केही टिप्स सहित
काठमाडौं,वैशाख २३ । निको भएर फर्किएका दुई जनामा पुन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतब…
