प्रहरीको इमरजेन्सी नम्बर १०० भोली चार घण्टाका लागि बन्द हुने, यस्तो छ कारण

जनताको सुरक्षा र आपतकालीन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको इमरजेन्सी नम्बर ‘१००’ भोलि बुधवार चार घण्टाका लागि बन्द हुने भएको छ। मर्मत सम्भार भन्दै प्रहरीले इमरजेन्सी नम्बर नै बन्द हुने सूचना सार्वजनिक गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयले मर्मत सम्भारको कारण देखाउँ…

प्रहरीको इमरजेन्सी नम्बर १०० भोली चार घण्टाका लागि बन्द हुने, यस्तो छ कारण

जनताको सुरक्षा र आपतकालीन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको इमरजेन्सी नम्बर ‘१००’ भोलि बुधवार चार घण्टाका लागि बन्द हुने भएको छ।

मर्मत सम्भार भन्दै प्रहरीले इमरजेन्सी नम्बर नै बन्द हुने सूचना सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले मर्मत सम्भारको कारण देखाउँदै भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सेवा बन्द हुने जनाएको छ।

प्रहरीले सेवा अवरुद्ध अवधिमा सम्पर्क गर्न वैकल्पिक नम्बरहरू प्रहरी कन्ट्रोल कक्षको नम्वर ९८५१२८३०२६, ट्राफिक कन्ट्रोलको नम्वर १०३ वा ९८५१२९५१००, महिला तथा बालबालिका खोज तलास केन्द्र (भृकुटीमण्डप)को नम्वर १०४, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्वर ९८५१२८३०१२, ललितपुरको ९८५१२८३०१७ भक्तपुरको ९८५१२८३०२० नम्वर प्रयोग गर्न अनुरोध गरेको छ ।

सूचना