सुमन महतारा, गुल्मी वैशाख २४ । गुल्मीको इस्मा गाउँपालिकामा मंगलबार काठमाडौ बाट करिव २३ जनाको टोलि गाउँपालिका प्रस्थान गर्यो । र स्थानिय सरकारले काठमाडौ बाट करिव २३ जनाको टोली पालिका प्रस्थान गरेको जानकारी प्राप्त भएपछि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने निर्णय गर्यो ।
टोलीमा रहेका सबै २३ जनाले नै क्वारेन्टाईनमा बस्न माने तर विद्यार्थी नेताले भने अटेर गरि पुन काठमाडौं जाने बताए उनि नेकपा निकट एक विद्यार्थी नेता बलराम बेलबासे हुन । उनले आफु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा नबस्ने भन्दै पुन काठमाडौंं फर्किएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताउनुभयो । उनलाई क्वारेन्टाईनमा बस्न नमानेपछि स्थानिय सरकारले गाउँपालिकामा प्रस्थान गर्ने रोक लगाएपछि बेलबासे पुन काठमाडौ फर्किएका हुन ।
गाउँपालिकामा ९ जना महिला र १४ जना पुरुष गरि २३ जना गाउँपालिका प्रस्थान गरेका थिए जसमध्ये अन्य भने क्वारेन्टाईनमा बसेका छन् । आन्नदपुर माविमा ८ जना, ठाडुङगा मावि मा ११ जना र पालिखा माविमा ३ जना गरि २२ जनालाई क्वारेन्टाईनमा राखिएको उपाध्यक्ष बिमला खत्रीले बताउनुभयो ।आज गाँउपालिका प्रवेश गरेका अन्य ९ जना महिला र १४ जना पुरुषलाई गाँउपालिकाले विभिन्न विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको उपाध्यक्ष खत्रिले जनकारी दिनुभयो । तर, उनीहरूकै समूहमा रहेका विद्यार्थी नेता अटेरी गरि फर्कीएको पनि उहाँले बताउनुभयो ।
उपाध्यक्ष खत्रीले २३ जनाको टोली गाँउ प्रवेश गेरेको र अन्य सबै क्वारेन्टाइनमा बस्न माने पनि ती युवाले मात्र नमानेको बताउनुभयो । हामीले आँफैले गरेको निर्णयबाट पछि हट्दैनौँ । तपाँई इस्मामा आउने हो भने क्वारेन्टाइमा बस्नुस् नत्र फर्किनुस तपाँईलाई मात्र छुट हुँदैन । उहाँले भन्नुभयो । इस्मा गाँउपालिकाले गाँउपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यद्यपि कुनै स्थानीयतहको क्वारेन्टाइनमा बसेको प्रमाण पत्र लिई आएमा छुट दिन सकिने व्यवस्था गरिएको छ । यता जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले पनि केही दिन अघिमात्रै जिल्ला बाहिरबाट आउने सबैलाई क्वारेन्टाइमा राख्ने निर्णय गरेको थियो । (साभार समयहव)
क्वारेन्टाइनमा बस्दिन भन्दै पुनः काठमाण्डौ फर्किए गुल्मीका विद्यार्थी नेता
सुमन महतारा, गुल्मी वैशाख २४ । गुल्मीको इस्मा गाउँपालिकामा मंगलबार काठमाडौ बाट करिव २३ जनाको टोलि गाउँपालिका प्रस्थान गर्यो । र स्थानिय सरकारले काठमाडौ बाट करिव २३ जनाको टोली पालिका प्रस्थान गरेको जानकारी प्राप्त भएपछि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने निर्णय गर्यो…
