रामहरि खतिवडाको राजीनामाले कांग्रेस भित्र निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता छन् भन्ने पुष्टि गर्छ : रञ्जित कर्ण

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं इन्जिनियर रञ्जित कर्णले हालैको ‘कुलिङ अफ पिरियड’ प्रकरणबारे सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै छानबिन प्रतिवेदनले सांसद रामहरि खतिवडालाई प्रमुख दोषी नठहराए पनि नैतिकता देखाएर पदबाट राजीनामा दिनु…

रामहरि खतिवडाको राजीनामाले कांग्रेस भित्र निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता छन् भन्ने पुष्टि गर्छ : रञ्जित कर्ण

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं इन्जिनियर रञ्जित कर्णले हालैको ‘कुलिङ अफ पिरियड’ प्रकरणबारे सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै छानबिन प्रतिवेदनले सांसद रामहरि खतिवडालाई प्रमुख दोषी नठहराए पनि नैतिकता देखाएर पदबाट राजीनामा दिनु सकारात्मक कदम भएको बताएका छन्।

पूर्व नेविसंघ सभापति तथा संविधानसभा सदस्य समेत रहेका कर्णले खतिवडाको कदमले कांग्रेसभित्र अझै निष्ठा, आदर्श र नैतिक बल राख्ने नेता बाँकी रहेको प्रमाणित भएको टिप्पणी गरे।

उनले सत्तारूढ नेकपा एमालेको नेतृत्व, स्वार्थमा लिप्त सिंहदरबारका कर्मचारी र अन्य संलग्न पक्षबीचको मिलेमतोबाट संसदमाथि गरिएको ‘कु-कृत्य’ अक्षम्य भएको भन्दै कानुनअनुसार कडा कारबाही गर्न माग गरे।

उनले भनेका छन्
"( कुलिङ अफ पिरियड ) सार्वभौम संसद माथि गरिएको कृत्यमा को कति जिम्मेवार भन्ने कुरा छानविन प्रतिवेदनले रामहरि खतिवडा लाई प्रमुख दोषी किटान नगरेको अवस्थामा पनि नैतिकता देखाएर राजिनामा दिनुले कांग्रेस भित्र केहि निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता अझैं बाकि छन् भन्ने पुष्टि गर्छ। सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले र स्वार्थमा लिप्त सिंहदरवारमा भागदौड गर्ने कर्मचारीको मिलेमतोमा गरिएको यो कु-कृत्यमा संलग्न माथि कानुन बमोजिम कडा कार्वाही होस्। खबरदार: सार्वभौम संसद माथि छलकपट कृत्य गर्ने कोहि उम्किने कुरा स्विकार्न सकिदैन । माननीय रामहरि खतिवडा बाट अन्य कांग्रेसी नेता र अन्य दल देखि लोभी पापी कर्मचारी सम्मले नैतिकताको पाठ सिक्ने शुभ-ज्ञान प्रदान होस् । "