माओवादीले भन्यो– प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्नु भयो, सदनमा झुट बोल्नु भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्री ओलीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर…

माओवादीले भन्यो– प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्नु भयो, सदनमा झुट बोल्नु भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्री ओलीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनु भयो । सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रष्ट विधेयकमा देखिन्छ । हामीले तथ्य र प्रमाणको आधारमा संसदमा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नु भयो । त्यसकाप्रति म खेद प्रकट गर्छु ।’ उनले देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न नहुने बताइन् ।