मनाङ प्रदेशसभा २ को उपनिर्वाचन पनि कात्तिक १७ गते

काठमाडौं । निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो । उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक…

मनाङ प्रदेशसभा २ को उपनिर्वाचन पनि कात्तिक १७ गते

काठमाडौं । निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।

निर्वाचन आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो । 

उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए । उनीविरुद्ध मुद्दा परेपछि उनको पद गएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । आयोगले सोही दिन रिक्त रुपन्देही क्षेत्र नम्बर ३ मा पनि उपनिर्वाचन गर्दै छ ।