नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल धमाधम निष्क्रिय हुन थालेका छन् ।
नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको छ।
प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।
