झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा चार दिनको अन्तरालमा तीन कैदीबन्दीको ज्यान गएको छ । कारागार प्रशासनका अनुसार हाल १ हजार ७९५ कैदीमध्ये ४ सयभन्दा बढी कैदी ज्वरोबाट प्रभावित भएका छन् । बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको ज्वरो र…

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा चार दिनको अन्तरालमा तीन कैदीबन्दीको ज्यान गएको छ ।

कारागार प्रशासनका अनुसार हाल १ हजार ७९५ कैदीमध्ये ४ सयभन्दा बढी कैदी ज्वरोबाट प्रभावित भएका छन् ।

बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएको थियो ।

यसअघि भदौ १५ गते कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रामदेव उराउ र भदौ १६ गते लागुऔषध मुद्दामा कैद काटिरहेका सागर राईको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
हाल १९ जना कैदी उपचारका लागि विभिन्न अस्पतालमा भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको निमित्त जेलर राम निरौलाले जानकारी दिए ।