बागलुङमा एक अर्ब बढी रकम फ्रिज

बागलुङ जिल्लामा गत आर्थिक वर्ष ०८१/८२ मा कुल एक अर्ब ३३ करोडभन्दा बढी रकम फ्रिज भएको छ। जिल्लामा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजन भएको रकममध्ये कुल एक अर्ब ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन। जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर…

बागलुङमा एक अर्ब बढी रकम फ्रिज

बागलुङ जिल्लामा गत आर्थिक वर्ष ०८१/८२ मा कुल एक अर्ब ३३ करोडभन्दा बढी रकम फ्रिज भएको छ। 

जिल्लामा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजन भएको रकममध्ये कुल एक अर्ब ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन। 

जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर्ष ०८१/८२ को वार्षिक समीक्षापछि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराइएको हो । 
जिल्लामा तीन तहका सरकारले विनियोजन गरेको कुल १२ अर्ब ४७ करोड ८५ लाख ८१ हजार ३८५ रुपैयाँमा कुल ११ अर्ब १४ करोड ५३ लाख नाै हजार ३१६ रुपैयाँ मात्र खर्च भएको छ ।