जनकपुरलाई पर्यटकमैत्री शहर बनाउन सरकारलाई व्यवसायीहरूको आग्रह

जनकपुरमा ‘पर्यटनबाट आर्थिक समृद्धि : जनकपुरको भविष्य’ शीर्षकमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य रञ्जित कर्ण रहेका थिए। मधेश प्रदेशका सांसद राम सरोज यादव, व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्थानीय व्या…

जनकपुरलाई पर्यटकमैत्री शहर बनाउन सरकारलाई व्यवसायीहरूको आग्रह

जनकपुरमा ‘पर्यटनबाट आर्थिक समृद्धि : जनकपुरको भविष्य’ शीर्षकमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य रञ्जित कर्ण रहेका थिए। मधेश प्रदेशका सांसद राम सरोज यादव, व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्थानीय व्यापारी, होटल व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले जनकपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जोड दिँदै पर्यटनलाई व्यवस्थित र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिए। व्यवसायीहरूले जनकपुरलाई सफा, सुन्दर र पर्यटकमैत्री शहर बनाउन सरकारले विशेष पहल गर्नुपर्ने धारणा राखे।

सांसद यादवले जनकपुरलाई मिथिला सभ्यताको राजधानीका रूपमा विश्वसामु चिनाउन सरकार, निजी क्षेत्र र स्थानीयवासी सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागी सर्वसाधारणले समेत सरसफाइ, पूर्वाधार सुधार र प्रभावकारी प्रचार–प्रसारलाई प्राथमिकतामा राखी पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका थिए।