रूपन्देही–३ मा १७ कात्तिकमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि पूर्वगर्भनर चिरञ्जीवी नेपाल नेपाली कांग्रेसबाट उम्मेदवार बन्न इच्छुक छन् ।
नेपालसहित यस क्षेत्रबाट सात जना आकांक्षी उम्मेदवार छन् ।
पाल्पा जन्मस्थान भएका नेपाल यस क्षेत्रमा लामो समयदेखि कांग्रेसमा सक्रिय छन् र पञ्चायतकालमा पनि राजनीतिमा संलग्न थिए ।
कांग्रेसका अन्य आकांक्षीमा रामचन्द्र ढकाल, सुशिल गुरुङ, रमेश खनाल, प्रमोद यादव र भरत शाह छन् ।
ढकाल पूर्व सभापति, गुरुङ क्षेत्रीय सभापति र खनाल लुम्बिनी प्रदेश समितिमा छन् ।
यादव र शाहले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए ।
कांग्रेसले यसपटक नयाँ विधि अनुसार टिकट दिने तयारी गरेको छ ।
क्षेत्रका मतदाताबाट अनौपचारिक धारणा बुझेर उम्मेदवार तय गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।
