काठमाडौं – जेनजी आन्दोलनका क्रममा किर्तिपुरस्थित चर्चित चिया बगान रेस्टुरेन्टमा तोडफोड र आगलागि गरिएको छ । आगोले सम्पूर्ण संरचना जलेर नष्ट भएको छ ।
देशमै रोजगारीको गम्भीर संकट भइरहेका बेला कर तिरेर, कानुन पालना गर्दै सञ्चालनमा आएको उक्त रेस्टुरेन्टले १०० भन्दा बढी नेपाली युवालाई रोजगारी दिएको थियो । स्थानीयलाई काम र परिवारलाई आम्दानी दिने व्यवसायमाथि आन्दोलनकै नाममा आगो लगाइनु अन्यायपूर्ण भएको भन्दै व्यवस्थापनले आपत्ति जनाएको छ ।
रेस्टुरेन्टले सामाजिक सञ्जालमार्फत लेखेको छ –
“रोजगार दिने व्यवसाय जलाएर देशमा परिवर्तन आउँछ ? परिवर्तन सबैलाई चाहिएको हो, तर परिवर्तनको नाममा श्रम, पसिना र सपना जलेर धुवाँमा हराउने अवस्था कत्तिको न्यायसंगत हो?”
आन्दोलनकारीको आक्रोशबीच अब प्रश्न उठ्न थालेको छ –
के कर तिर्ने, रोजगारी दिने व्यवसाय जलाएर परिवर्तन सम्भव छ?
के आगोले रोजगारी जलाउँदा देश उज्यालो हुन्छ?
कि फेरि यसरी पीडामा परेका सर्वसाधारणले अझै बेरोजगारी र निराशा मात्रै पाउने हुन्?
घटनापछि व्यवस्थापनले अन्तिम सन्देशमा लेखेको छ –
“We will be back soon – Chiya Bagaan Kirtipur Family.”
