कांग्रेस बचाउन युवा नेता रञ्जित कर्णको १६ बुँदे सुझाव

नेपाली काँग्रेसका युवा नेता तथा वरिष्ठ ईन्जिनियर रञ्जित कर्णले पार्टी बचाउन १६ बुँदे सुझाव अघि सारेका छन् । पुराना नेताले पार्टी कब्जा गरेकै कारण युवाहरुले बिद्रोह गरेको बताउँदै कर्णले आफ्ना सुझावलाई कार्यान्वयन नगरे पार्टी अझै समस्यामा पर्ने दावी गरेका छन् । यस्ता छन् कर्णले दिए…

कांग्रेस बचाउन युवा नेता रञ्जित कर्णको १६ बुँदे सुझाव

नेपाली काँग्रेसका युवा नेता तथा वरिष्ठ ईन्जिनियर रञ्जित कर्णले पार्टी बचाउन १६ बुँदे सुझाव अघि सारेका छन् ।

पुराना नेताले पार्टी कब्जा गरेकै कारण युवाहरुले बिद्रोह गरेको बताउँदै कर्णले आफ्ना सुझावलाई कार्यान्वयन नगरे पार्टी अझै समस्यामा पर्ने दावी गरेका छन् ।

यस्ता छन् कर्णले दिएका १६ बुँदे सुझाव 

१। नेतृत्वमा नयाँ सोच 

वर्तमान सभापति र सबै पदाधिकारीहरूले सामूहिक राजीनामा दिनु पर्ने ।

वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउनुपर्ने।

२। संविधान र नीतिगत सुधार 

संविधानका त्रुटिहरू सच्याउँदै समयानुकूल सिद्धान्त र योजनासहित शीघ्र महाधिवेशन सम्पन्न गर्ने ।

३। युवाको सहभागिता

३२ वर्ष मुनिका युवाको कम्तीमा ४०प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रिय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने।

४। भ्रष्टाचार नियन्त्रणस्

पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने र सरकारी निकायसँग सहकार्य गरी भ्रष्ट नेतालाई कारबाही गर्ने। २०४६ साल यता सार्वजनिक पदमा बसेका पार्टीका नेताको सम्पत्ति छानविन गर्ने ।

५। सदस्यता प्रणालीमा पारदर्शिता

सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्ने ।

एकै व्यक्तिले धेरै आर्थिक कारोबार गरेको छ छैन भन्ने यथोचित छानबिन गर्ने ।

६। प्रविधिको प्रयोग

सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने ।

७। उम्मेदवार छनोट प्रक्रियामा सुधार गर्ने

स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्षेत्रीय अधिवेशनबाटै छनोट गर्ने व्यवस्था लागू गर्ने ।

८। पराजित उम्मेदवारलाई पुनः उम्मेदवारी बन्न प्रतिबन्ध लगाउने 

एक पटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने ।

९। शक्ति विकेन्द्रिकरण

पार्टी सभापतिको एकछत्र अधिकारलाई विकेन्द्रिकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने ।

१०। एक ब्यक्ति एक पदको मान्यता स्थापित गर्ने

एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने ।

११। भातृ संरचनाको समयसीमा तोक्ने

निश्चित समयसीमा भित्र भातृसंस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य बनाउने ।

१२। सार्वजनिक अभिव्यक्ति नियमन

पार्टी सभापतिको सार्वजनिक अभिव्यक्ति पार्टीको पदाधिकारीबाट अनुमोदित हुनुपर्ने व्यवस्था गर्ने ।

१३। आर्थिक पारदर्शिता

चन्दा संकलन र आर्थिक कारोबार पूर्ण रूपमा पारदर्शी बनाउने ।

१४। विदेश नीति र योजना समिति

दक्ष र अनुभवी व्यक्तिहरूलाई समावेश गरी विदेश नीति र योजनाका लागि छुट्टै समिति गठन गर्ने ।

१५। राजनीतिक नियुक्तिमा सुधार

राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र र पेशागत बनाउने ।

१६। दीर्घकालीन विकास योजनाः

विज्ञहरू सहित दीर्घकालीन विकास अवधारणा र पहलका लागि समिति गठन गर्ने ।