बालुवा काण्डको विषयमा छलफल गर्न आज बागलुङको बडिगाड गाउँपालिकामा पुगेको युवा समूहले कार्यालयमै ताला लगाएका छन्।
युवाहरूले पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासनिक अधिकृत भेट्न खोज्दा कोही पनि उपस्थित नभएपछि र छलफल टार्न खोजिएको भन्दै आक्रोशस्वरूप कार्यालयमा ताला लगाइएको हो।

युवाहरूको भनाइ अनुसार उनीहरू बालुवा काण्डप्रति स्थानीय तहको भूमिका स्पष्ट पार्न र जवाफ माग्न पुगेका थिए। तर जिम्मेवार निकायका प्रमुख पदाधिकारी अनुपस्थित रहँदा असन्तुष्टि जनाउँदै कार्यालयमा ताला लगाउनुपरेको बताएका छन्।
