आइजिपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग गर्ने भएको छ । प्रहरी महानिरीक्षक देखी प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी जनही १० लाख दिने भएको हो । आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका थिए ।

