भारतको दादागिरी विरुद्ध नेपालले लियो एक्सन, गर्यो यस्तो निर्णय !

काठमाडौं, २७ वैशाख । शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्…

भारतको दादागिरी विरुद्ध नेपालले लियो एक्सन, गर्यो यस्तो निर्णय !
काठमाडौं, २७ वैशाख । शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको आफूहरूले लगातार भन्दै आएको जनाएको छ । गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि गत नोभेम्बरमै कूटनीतिक नोटमार्फत् उक्त विषयबारे जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ । भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको उल्लेख गरिएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।