संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । उनले संविधानलाई केवल पुस्तकको पानामा सीमित नगरी जनताको मनमा जीवित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । शर्माले शुक्रबार फेसबुकमा लेख्दै भनेका छन्- 'जब…

संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।

उनले संविधानलाई केवल पुस्तकको पानामा सीमित नगरी जनताको मनमा जीवित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार फेसबुकमा लेख्दै भनेका छन्- 'जबसम्म संविधान नागरिकको जीवनस्तरमा न्याय, अवसर र समानताको अनुभूति गराउन सक्दैन, तबसम्म संविधान दिवस औपचारिक चाड मात्र हुनेछ। संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ। संविधान दिवसको शुभकामना'