गृह मन्त्रालयले दिएको समयसीमा सकियो, ५७ सय कैदी अझै फरार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार ७०० कैदी अझै सम्पर्कमा आएका छैनन्। २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपा…

गृह मन्त्रालयले दिएको समयसीमा सकियो, ५७ सय कैदी अझै फरार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार ७०० कैदी अझै सम्पर्कमा आएका छैनन्।

२८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार भागेमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कुल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन्। गृह मन्त्रालयले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन ‘अल्टिमेटम’ दिएको थियो ।

सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ। गृह मन्त्रालयले फरार कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो।

कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् ।