नेपालबाट पूरै हट्यो मनसुन, बढ्न थाल्यो चिसो

नेपालबाट पानी पार्ने मनसुनी हावा पूरै बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हिजो असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) देखि पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। बरु दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (श…

नेपालबाट पूरै हट्यो मनसुन, बढ्न थाल्यो चिसो

नेपालबाट पानी पार्ने मनसुनी हावा पूरै बाहिरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हिजो असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) देखि पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

बरु दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ।

यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

महाशाखाकाअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४।५ डिग्री सेल्सियसमा झरेको हो।