जेन्जी आन्दोलनका नाममा राजनितिक प्रतिशोध साँधेर जलाईएको भरतपुरका मेयर रेनु दाहालको घरमा लुटपाट र चोरीको क्रम अझै रोकिएको छैन्।
शनिवार दिउँसो मेयर दाहालको शिवनगर स्थित घरमा चोरी गर्दा गर्दै दुई युवा पक्राउ परेका छन्।
भरतपुर ७ अशोकटोल घर भएका नवराज सुवेदी १६ वर्षिय छोरा मनिष सुवेदि र सोही वडाको विशालचोक निवासी बुद्धिराज बरालका १७ वर्षिय छोरा सक्षम बराललाई रंगेहात पक्राउ गरिएको हो।
उनीहरुलाई स्थानियले पक्राउ गरि ईलाका प्रहरी कार्यालय गीतानगरमा बुझाएका हुन्।
चोरीमा संलग्नबाट ना ५ प ३७९० नम्बरको एभेन्जर मोटरसाईकल बरामद गरिएको छ।
उनीहरुले मेयर दाहालको घरको माथिल्लो तल्लामा रहेका कम क्षति भएका सामान चोरेका हुन्।
