सिमा मिच्नी !

-पि पाण्डेय , गुल्मी । छ यहाँ देसको नक्सा मेटिएको देखेनौ र गगन लिपुलेक रेटिएको ! तिमी हुदा पनि सबलै थियौ त को थियो हेप्नी सबैले जोरी खोज्दै गर्दा नै हो सिमा मिच्नी !! सयौ कोश हिड्दा श्रमिक तिमी कहाँ अलप कोरोना सिमाबिबाद पनि बिपक्षिका टलक !! बिदेशमा अलपत्र कति छन देखेनौ र जवान दुख…

सिमा मिच्नी !
-पि पाण्डेय , गुल्मी । छ यहाँ देसको नक्सा मेटिएको देखेनौ र गगन लिपुलेक रेटिएको ! तिमी हुदा पनि सबलै थियौ त को थियो हेप्नी सबैले जोरी खोज्दै गर्दा नै हो सिमा मिच्नी !! सयौ कोश हिड्दा श्रमिक तिमी कहाँ अलप कोरोना सिमाबिबाद पनि बिपक्षिका टलक !! बिदेशमा अलपत्र कति छन देखेनौ र जवान दुख पीडा सुन्ने तिमी पनि हौ नि एक गगन !! जनताका ब्यथालाई ध्यान दिएर सुन्ने के छ सुत्र बताइदेउ नसुन्ने पक्कै छैनन !! नितिगत भ्रष्टाचार को जरो उखेल्ने नीति हावादारी के छन आफ्ना बसाइदेउन थिती !! सरकार इमान्दार हुनै पर्छ र स्वाभिमानी आलोचना ग्रहण नगर्ने हुन्छन पतनगामी !! सबैतिर वाह वाहै यस्तो बिकास देख्दा त्यो दिन कुर्दै छन जन तिम्रो साहश देख्दा कोमल सबै हुनुपर्छ साम्सद कवि हाम्रा देशबिकाशमा जुटौ सबै दिन आउछन राम्रा !! राहत खोज्दै आउनेलाइ मल्हम लगाइदिउला जय नेपालको नारालाउदै लिपुलेक जाउला!! सारा नेपाल हास्नेछ हामी एकजुट हुदा सबै मिलाउ ए सपूत तिमी पनि हौ नि उम्दा !! तिमी नायक तिमी महान ल्याउनु पर्दैन खोसेर सत्ता यस्तो बेला सहयोग गर बाटो देखाउ अहो ! त्यो दिन कहिले आउला हामी नेपाली अहो कति भाग्यमानी बनौला !!