सागर भण्डारी, वैशाख ३० गुल्मी । मुसिकोट नगरपालिका नगरस्तरीय न्यायिक समितिले वडास्तरीय मेलमिलाप केन्द्रको अनुगमन गरेको छ । नगरपालिकाको वडा नं २,३ र ४ मा रहेका वडास्तरीय मेलमिलाप केन्द्रले हालसम्म सम्पादन गरेका न्यायिक गतिबिधि एवम् अभिलेखहरुको अनुगमन र समिक्षा गरि आवश्यक पृष्ठपोषण प्रदान गरिएको बताईएको छ ।
गत वैशाख २२ गते नगरपालिकामा सम्पन्न न्यायिक समितिको बैठकको निर्णय अनुसार मेलमिलाप केन्द्रको अनुगमन, सगैं मेलमिलाप कर्ता तथा कर्मचारीहरुलाई सामाजिक दुरी कायम गरी प्रशिक्षण समेत दिईएको थियो । नगरपालिकाका ९ वटै वडामा मेलमिलाप केन्द्रको अनुगमन गर्ने कार्यक्रम अन्तर्गत ३ वडामा सम्पन्न कार्यक्रममा पदाधिकारी, कर्मचारी र मेलमिलापकर्ताहरुलाई मुसिकोट नगरपालिका कानुनी परामर्शदाता अनन्तलाल भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।
भने सोही अवसरमा कानुन र व्यवहारिक ज्ञानका तादम्यताका बारेमा न्यायिक समिति सदस्य कर्णबहादुर घर्तीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । मुसिकोट नगरपालिका न्यायिक समिति सयोंजक कमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरस्तरीय न्यायिक समितिका उजुरी प्रशासक विष्णु प्रसाद खरेलले गर्नुभएको थियो । उक्त कार्यक्रम नगरपालिकाका ९ वटै वडामा सञ्चालन हुने र बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम चलिरहेकोे जानकारी दिनुभयो ।
नगरस्तरीय न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन गर्यो
सागर भण्डारी, वैशाख ३० गुल्मी । मुसिकोट नगरपालिका नगरस्तरीय न्यायिक समितिले वडास्तरीय मेलमिलाप केन्द्रको अनुगमन गरेको छ । नगरपालिकाको वडा नं २,३ र ४ मा रहेका वडास्तरीय मेलमिलाप केन्द्रले हालसम्म सम्पादन गरेका न्यायिक गतिबिधि एवम् अभिलेखहरुको अनुगमन र समिक्षा गरि आवश्यक पृष्ठपोषण…
