बालेन भन्छन् : आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो स्टाटसमा नेताहरूको व्यवहारलाई दोहोरो र विडम्बना भन्दै प्रश्न उठाएका छन् । काठमाडौँका मेयर शाहले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनालाई लिएर प्रमुख राजनीतिक दलका नेताहरूलाई कटाक्ष गरेका हुन् । बुधबार साँझ सामाजिक सञ्जाल फ…

बालेन भन्छन् : आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो स्टाटसमा नेताहरूको व्यवहारलाई दोहोरो र विडम्बना भन्दै प्रश्न उठाएका छन् ।

काठमाडौँका मेयर शाहले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनालाई लिएर प्रमुख राजनीतिक दलका नेताहरूलाई कटाक्ष गरेका हुन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले नेताहरूको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै लेखेका छन्, 'तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्-देश विदेशीले बिगार्‍यो! भिसा पाउन तिमीहरूको घर धाउनुपर्छ, अनि अरूलाई एजेन्ट भन्छौँ!'

उनले आन्दोलनको बेलामा मुख्य राजनीतिक दलहरूबीच एक अर्काप्रति भएको आक्रमणप्रति पनि टिप्पणी गरेका छन्। 'जेनजीहरूको आन्दोलनमा पूरै देश एमालेले काँग्रेसको जलायो । दोष आफ्ना बालबच्चालाई दिन्छौँ,' उनले लेखेका छन् ।

शाहले नेताहरूको दोहोरो चरित्रप्रति इङ्गित गर्दै भनेका छन्, 'चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ! लाज लाग्दैन ?'