डिजेल- मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

पाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो । पेट्रोलको मूल्य हाल यथावत राखिएको छ। गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक…

डिजेल- मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

पाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो ।

पेट्रोलको मूल्य हाल यथावत राखिएको छ।

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।