सागर भण्डारी, वैशाख ३० गुल्मी । मुसिकोट नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । प्रदेश तथा वन कार्यालय मातहत रहेर सञ्चालित रहेका र अहिले निर्माणको क्रममा रहेका र सम्पन्न हुने चरणमा रहेका योजनाहरुको अनुगमन गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।
मुसिकोट नगरपालिकाको पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गईरहेको वडा नं ६ को स्वारा होमस्टे देखि सालिमेदहसम्म पुग्ने पदमार्गको निर्माण कार्यसम्पन्न भईसकेसगैं अनुगमन गरिएको हो । जिल्ला वन कार्यालय गुल्मी मार्फत प्रदेश ५ सरकारको १४ लाख बजेटमा निर्माण गरिएको उक्त पदमार्गको अनुगमन गरिएको बताईएको छ ।
नगरपालिकाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य कुर्घाको स्वारा होमस्टे देखि सालिमेदहसम्म पुग्नका लागि निकै कठिनाई हुने स्थितिमा पदमार्ग निर्माण भएपछि निकै सहज हुने नगरप्रमुख सापकोटाले बताउनुभयो । कुर्घाको होमस्टेबाट आन्तरिक एवम् बाह्य पर्यटकलाई सहज रुपमा सालिमेदहमा पुर्याउन सकिने र यसले पर्यटन प्रवद्र्धनमा समेत निकै महत्व राख्ने उहाँको भनाई छ ।
उक्त पदमार्ग निर्माणमा स्थानीय ३२ घरपरिवारले रोजगारी पाएको र स्थानीयको अपनत्व कायम गर्न उनीहरुलाई नै रोजगारी दिईएको उहाँले बताउनुभयो । यसैबीच सोही अवसरमा नगरपालिकाको वडा नं ५ आँपचौरको ढोँडिनी बगरमा निर्माणाधीन ढोँडिनी सहिदपार्कको पनि अनुगमन गरिएको बताईएको छ ।
जिल्ला वन कार्यालय गुल्मी मार्फत प्रदेश सरकारको ५० लाख बजेटमा निर्माण हुँदै गरेको नमुना सहिद पार्कको मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, जिल्ला वन कार्यालय प्रमुख, वनअधिकृत र ईन्जिनियर बाबुराम ज्ञवाली, वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, वडा नं ८ का वडासदस्य पूर्ण बहादुर घर्ती सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा जेष्ठ १५ गतेसम्म निर्माण सम्पन्न हुने गरी लकडाउनकाबीच पनि काम सन्तोषजनक स्थितिमा अगाडी बढेको पाईएको बताईएको छ । अहिले उक्त पार्कमा जालि लगाउने, रिटेनिङ वाल लगाउने, टस निर्माण गर्ने, र शौचालय निर्माणको काम चलिरहेको छ । उक्त योजनामा स्थानीयलाई नै रोजगारी दिईएको बताईएको छ ।
लकडाउनकाबीच पनि नगरभित्र सञ्चालित योजनाहरुको अनुगमन
सागर भण्डारी, वैशाख ३० गुल्मी । मुसिकोट नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । प्रदेश तथा वन कार्यालय मातहत रहेर सञ्चालित रहेका र अहिले निर्माणको क्रममा रहेका र सम्पन्न हुने चरणमा रहेका योजनाहरुको अनुगमन गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएक…
