मोहम्मद अफताब आलमको निधन

काठमाडौँ। पूर्वमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । उनको उपचारको क्रममा आज बिहान साढे २ बजेतिर काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेक…

मोहम्मद अफताब आलमको निधन

काठमाडौँ। पूर्वमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।

उनको उपचारको क्रममा आज बिहान साढे २ बजेतिर काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए।