नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितताको आरोपमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। प्रहरीले प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने क्रममा कार्कीलाई नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो…

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितताको आरोपमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्।

प्रहरीले प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने क्रममा कार्कीलाई नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार ६६ वर्षीय कार्कीलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको हो ।

प्रहरीका अनुसार,प्रारम्भिक अनुसन्धानमा कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिने सम्झौता भएको र सम्झौतामा उल्लेख भएको ४६०६ नम्बरको जग्गासँगै ४६०५ नम्बरको कित्ता समेत अनुमति वा निर्णयबिना लिजमा दिएको देखिन्छ ।

अनुसन्धानअनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो।

सो क्रममा ट्रष्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

अब कार्कीको बयानका आधारमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।