भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ । घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । आगामी ६ महिनाभित्र एकता…

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ ।

घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरु सहमतिमा नै तयार पार्ने पत्रमा उल्लेख छ ।