स्काउटको जग्गामा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं- काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ। स्काउटले भाडामा दिएको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ। कां…

स्काउटको जग्गामा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं- काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ।

स्काउटले भाडामा दिएको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ। 

कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले त्यहाँ व्यापारिक भवन बनाएको र भाडा तिर्न नमानेको भन्दै खाली गर्न पत्राचार गरिएको थियो। 

तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको हो।