लकडाउनको मौका छोपी चोरी गर्ने बडिगाडका एक युवा पक्राउ

जीवन पाण्डे, बाग्लुङ वैशाख ३१ । बाग्लुङको बडिगाड गाउँपालिकामा लकडाउनको मौका छोपी चोरी गरेको आशकांमा एक जनालाई पक्राउ गरिएको छ । लकडाउनकै मौका छोपेर बडिगाड गाउँपालिका वडा नं ५ खौलारमा रहेको नर बहादुर सुनारको मोबाईल पसलमा चोरी गरेको आशकांमा सोही वडाका एक युवालाई प्रहरीले पक्राउ गरे…

लकडाउनको मौका छोपी चोरी गर्ने बडिगाडका एक युवा पक्राउ
जीवन पाण्डे, बाग्लुङ वैशाख ३१ । बाग्लुङको बडिगाड गाउँपालिकामा लकडाउनको मौका छोपी चोरी गरेको आशकांमा एक जनालाई पक्राउ गरिएको छ । लकडाउनकै मौका छोपेर बडिगाड गाउँपालिका वडा नं ५ खौलारमा रहेको नर बहादुर सुनारको मोबाईल पसलमा चोरी गरेको आशकांमा सोही वडाका एक युवालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बुर्तिबाङको विशेष सक्रियतामा चोरीको आशकांमा उनलाई पक्राउ गरिएको हो । यस अगाडी पनि सुनारले वडा नं ७ मा पसल गर्दा उनले २ पटकसम्म चोरी गरेको बताईएको छ । पसल चोरी हुनुभन्दा केही समय अगाडी उनी पसल वरीपरी आएर बस्ने गरेको र सोधपुछ गर्दा केही नभनी जाने गरेको भन्ने जानकारीका आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख ईन्चार्ज प्रकाश सिहं भण्डारीले जानकारी दिनुभयो । यस अगाडी पनि २ पटकसम्म पसलमा चोरी गरेको र अहिलेपनि पसलवरीपरी आएर ढुक्ने गरेको भन्ने जानकारीका आधारमा उनलाई पक्राउ गरिएको भएपनि होकी हैन भन्नेबारेमा भने अनुसन्धान पछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । पसल चोरी भएको खबर पाउनासाथ विशेष सक्रियताका साथ लागि परेको बुर्तिबाङ प्रहरीले पछिल्लो समय सम्पादन गरेका कार्यहरुलाई स्थानीयले निकै सह्राना गर्दै आईरहेका छन् । भण्डारी प्रहरी प्रमुख भएर आएलगत्तै त्यसक्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य सुधार भएको उनीहरुको भनाई छ । लकडाउनको समयमा पसल बन्द भएको मौका छोपेर चोरले पसलको चाला फोडेर चोरी गरेको र पुन ः त्यही ठाउँमा नयाँ ताल्चा ल्याएर राखेको बताईएको छ । पसलमा नयाँ ताल्चा देखेपछि पसल खोलेर हेर्दा पसलमा सामान चोरी भएको पाईएको प्रहरीले बताएको छ । पसलमा रहेको एक थान ल्यापडप, नगद ५ हजार रुपैयाँ, मोवाईल मर्मतका लागि ग्राहकहरुले ल्याएका केही महत्वपूर्ण मोबाईल सेटहरु, चार्जर, हेडफोन लगायत गरी झण्डै ३ लाख बराबरको चोरी भएको छ ।