दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो । “अब हिरासतमा राखेर सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,” काठमाडौँ प्रहर…

दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो ।

“अब हिरासतमा राखेर सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,” काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने। उनका अनुसार प्रसाईँले सार्वजनिक शान्तिमा खलल पुग्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।