बडिगाडमा २ सय ५० ग्रामसम्मका असिना परेपछि कृषकको खेती बालीमा नोक्सान !

जीवन पाण्डे, बडिगाड अनलाई, । हावाहुरी सहितको भीषण असिना पानीले बडिगाड गाउँपालिकाका प्राय वडामा क्षति पुर्याएको छ । किसानले बारीमा लगाएका तरकारी र मकै बालीमा क्षति पुर्याएको बताईएको छ । कतै भर्खरै टुसाँउदै गरेका मकै सगैं अन्य तरकारीबालीहरु हावाहुरी र असिनाले क्षति पुर्याएको छ । अस…

बडिगाडमा २ सय ५० ग्रामसम्मका असिना परेपछि कृषकको खेती बालीमा नोक्सान !
जीवन पाण्डे, बडिगाड अनलाई, । हावाहुरी सहितको भीषण असिना पानीले बडिगाड गाउँपालिकाका प्राय वडामा क्षति पुर्याएको छ । किसानले बारीमा लगाएका तरकारी र मकै बालीमा क्षति पुर्याएको बताईएको छ । कतै भर्खरै टुसाँउदै गरेका मकै सगैं अन्य तरकारीबालीहरु हावाहुरी र असिनाले क्षति पुर्याएको छ । असिना पानीका कारण बडिगाड सगैं आसपासमा कृषकहरुले लगाएको हरियो तरकारी र मकै बालीमा ठूलो क्षति पुगेको छ । असिना पानी र हावाहुरीले खेत बारीमा लगाएको हरियो तरकारीहरु बोडी, करेला, भिण्डी, भण्टा, टमाटर, साग, खुर्सानी, प्याज लगायतका तरकारी बालीमा बढी क्षति गरेको छ । असिना पानीले किसानहरुले लगाएको तरकारी बालीसँगै मकै बालीलाई पनि क्षति गरेको छ । गत वैशाख २७ गते असिनाले बिजोग अवस्था बनाएको कृषकहरुले बताएका छन् । ठुलोमा २ सय ५० ग्राम सम्मका असिना परेपछि खेतीबाली सवै नष्ट गरेको कृषकहरुले दुखेसो गरेका छन् । बडिगाड गाउँपालिकाको वडा नं १ देखि ५ वडासम्मका कृषकहरुको मकै, सिमि, काक्रा, आलु,गोबि तरकारीहरु नष्ट गरेको छ । बडिगाडकै मुख्यरुपमा बढी क्षेती भएको न्वार आसपासका क्षेत्रमा करिव ६ सय मुरि बराबरको मकै र ४ लाख बराबरको नगदेवाली एबम् टनेलका तरकारी नष्ट भएको र त्यस्तै (एकता कृषक समुह) द्वारा उत्पादित ४ लाख बराबरको नगदे वाली नष्ट भएको सोही कृषक समुहमा आवद्द एबम वडास्तरिय कृषक समुहका उपाधक्ष कृष्ण बलामीले बताउनुभयो । जीवनकालमै अहिलेसम्म यति ठुलो असिना नदेखेको भन्दै उहाँ अचम्मित हुनुभयो । भर्खर पसाउन लागेको मकै र तयार हुँदै गरेका नगदेवाली उत्पादन न्यून हुन्छ भनी कृषक चिन्तामा परेका छन् । गाउँपालिकाले अनुगमन गरि क्षतिपूर्ति दिने बताएको बलामीले बताउनुभयो । अहिले सम्म गाउपालिकाबाट क्षेती भएको खेतिको मुजुल्का भने तयार नगरेको स्थानियले बताएका छन । अन्य वडामा पहिले असिनाले पुर्याएको क्षतिको विवरण गाउँपालिकाले सकंलन गरेपनि आफ्नो वडामा भने क्षतिको विवरण सार्वजनिक नगरिएको भन्दै कृषकहरुले गुनासो गरेका छन् । उहाँले कारोनाको महामारी फैलिन नदिन देशभरि गरिएको लकडाउनका कारण तरकारीहरु बजार र्पुयाउन नपाउँदा अधिकांश तरकारीहरु खेतमै रहेकोले हावाहुरी र असिना पानीले ठूलो क्षति र्पुयाएको बताउनुभयो । विहानी पख ३ बजे देखी साढे चार बजेसम्म परेको असिना पानीले तराकारी खेतीमा पनि नोक्शान पुगेको स्थानीय किसानहरुले बताएका छन् ।