कमल पौडेल/ ०२ जेठ/खर्वाङ । वडिगाड गाउँपालिकामा बेरोजगारहरुको रोजगारीको लागि वडा कार्यालयमा फर्म वितरण सुरु गरिएको छ। यसै विच वडा नं. २ वडा समितिको खर्वाङमा वसेको बैठकले टोल टोलमै वडा सदस्य मार्फत वेरोजगारहरुलाई रोजगारीको लागि फारम वितरण गर्ने भएको छ।
जेठ ४ गते भित्र गाउँपालिका पुर्याउने गरि शुक्रवार (आज), र सनिवार (भोली) टोलटोलमा वडा सदस्य मार्फत फारम वितरण गरिने भएको छ। त्यस्तै सु*कुम्वासी तथा अव्यवस्थित बसोवास भएकाहरुको पनि तथ्यांक संकलन गरि गाउँपालिका सिफारिस गर्ने, अतिवि*पन्न, मजदुर परिवारलाइ समस्याको आधारमा राहात वितरण गर्ने, कोभिड १९ को संक्रमण फैलिन नदिन साविक वडाहरुमा रहेका विद्यालयमा क्वारेन्टाइन निर्माण गर्ने, वडा भित्र धु*म्रपान, म*ध्यपान, जुवा*तास नियन्त्रणको लागि आवश्यक काम गर्ने लगाएतका निर्णय गरेको छ।
त्यस्तै चालु आर्थिक वर्षमा गाउँपालिकाको तर्फवाट वडामा संचालित २० योजना मध्य १३ ओटा योजनाको फरफारक समेत भैसकेको र वाँकी ७ ओटा योजनाको कार्य सम्पन्न भैसकेकोले जेठ मसान्त भित्र फरफारक सक्ने निर्णय गरेको छ। त्यस्तै वडा कार्यालयले बेरोजगार नागरिकलाई साविक आफ्नो वडामा वडा सदस्यलाइ सम्पर्क गरि २ दिन भित्र फारम भर्न आह्वान गरेको छ। बैठक वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता तथा वडा सचिव योग कुमारी वि.क. को सञ्चालनमा सम्पन्न भएको थियो।
वडिगाडमा बेरोजगारहरुको तथ्यांक संकलन सुरु !
कमल पौडेल/ ०२ जेठ/खर्वाङ । वडिगाड गाउँपालिकामा बेरोजगारहरुको रोजगारीको लागि वडा कार्यालयमा फर्म वितरण सुरु गरिएको छ। यसै विच वडा नं. २ वडा समितिको खर्वाङमा वसेको बैठकले टोल टोलमै वडा सदस्य मार्फत वेरोजगारहरुलाई रोजगारीको लागि फारम वितरण गर्ने भएको छ। जेठ ४ गते भित्र गाउँपालिका पु…
