जेनजी आन्दोलनका शहीदको नाम सीडीओ कार्यालयमा टाँस्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं - भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये शहीद घोषणा गरिएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा अनिवार्य रूपमा राख्न गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार गृह–मन्त्रीस्तरीय निर्णयपछि जारी गरेको परिपत्रमार्फ…

जेनजी आन्दोलनका शहीदको नाम सीडीओ कार्यालयमा टाँस्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं - भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये शहीद घोषणा गरिएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा अनिवार्य रूपमा राख्न गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार गृह–मन्त्रीस्तरीय निर्णयपछि जारी गरेको परिपत्रमार्फत देशभरका सीडीओ कार्यालयलाई उक्त नामावली तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रष्ट देखिने गरी टाँस्न आदेश दिएको हो।

शाखा अधिकृत पदमबहादुर खत्रीको हस्ताक्षरयुक्त उक्त पत्रमा ज्यान गुमाएका व्यक्तिहरूलाई ‘जेनजी सुशासनका योद्धा’ का रूपमा सम्मान गर्दै उनीहरूको नाम औपचारिक रूपमा कार्यालयमा राखिनुपर्ने उल्लेख गरिएको छ।

गृह मन्त्रालयले यो कदम आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नका लागि आवश्यक भएको बताएको छ।