पर्साका संक्रमित फर्किएको बागलुङको गलकोटमा आजदेखि पिसिआर परीक्षण !

थम्मन थापा, गलकोट । बागलुङको गलकोट नगरपालिकामा आज देखि पिसिआर माध्यमबाट कोरोन परीक्षण गरिदैछ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट पर्सा फर्किएका १४ मजदुरमा कोरोना भाइरसको संक्रमण पाइएपछि आजदेखि गलकोटमा पिसिआर माध्यमबाट कोरोना परीक्षण गर्न थालिएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्म…

पर्साका संक्रमित फर्किएको बागलुङको गलकोटमा आजदेखि पिसिआर परीक्षण !
थम्मन थापा, गलकोट । बागलुङको गलकोट नगरपालिकामा आज देखि पिसिआर माध्यमबाट कोरोन परीक्षण गरिदैछ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट पर्सा फर्किएका १४ मजदुरमा कोरोना भाइरसको संक्रमण पाइएपछि आजदेखि गलकोटमा पिसिआर माध्यमबाट कोरोना परीक्षण गर्न थालिएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । मजदुरहरुको सम्पर्कमा रहेकाहरुको मात्र पिसिआर परिक्षण गरिने छ । अहिलेसम्म मजदुरको सम्पर्कमा रहेका झण्डै १ सय जनाको पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आज देखि ३ दिनसम्म ती व्यक्तिहरुको स्वाब संकलन गरिनेछ । १ दिनमा ३० देखि ३५ जनासम्मको स्वाब संकलन गर्न सकिने गुरौले बताउनुभयो । गलकोट नगरपालिकामा करिब १ सय जनाको पिसिआर परिक्षण गरिने छ । गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गते देखि लकडाउनलाई थप कडा बनाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । बिहीबार देखि नगर भित्र एम्बुलेन्स र अस्पताल मात्रै खुल्ला रहने गरि सबै क्षेत्र ठप्प पारिएको छ । त्यस्तै गलकोट प्रवेश गर्ने नाकाहरु गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधि, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिनुभयो ।