रुकुम मुसिकोटमा आगलागी, एक जनाको मृ*त्यु

मुसिकोट । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृ*त्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृ*त्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृ*त्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नाय…

रुकुम मुसिकोटमा आगलागी, एक जनाको मृ*त्यु
मुसिकोट । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृ*त्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृ*त्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृ*त्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट घरका सम्पूर्ण सामग्री ज*लेर न*ष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अ*नुस*न्धान भइरहेको प्रहरीको भनाइ छ । यसैबीच जिल्लाको बाँफिकोट गाउँपालिका–९ तार्सिबाङमा एक पुरुष मृ*तावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृ*तावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् । जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खो*जतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृ*तावस्थामा उनको श*व फेला परेको हो । मृ*तक गिरीको मु*चुल्का कार्य सम्पन्न गरिएको र घ*टनाको थप अ*नुस*न्धान भइरहेको प्रहरीले बताएको छ । रासस