पूर्वआईजीपी खापुङसहित तीन जनाको स्थान हद र विदेश भ्रमण रोक्का फुकुवा

जेनजी घटना जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सोमबार फुक…

पूर्वआईजीपी खापुङसहित तीन जनाको स्थान हद र विदेश भ्रमण रोक्का फुकुवा

जेनजी घटना जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सोमबार फुकुवाको निर्णय गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ २३-२४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेको थियो ।

आयोगले यी तीनैजनासँग बयान लिइसकेको छ ।