समानुपातिक बन्दसूचीमा पुराना जस्तै नयाँ दलमा पनि आफन्तवादको हावी

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक प्रणालीअन्तर्गत बुझाएको बन्दसूची सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तीव्र आलोचना सुरु भएको छ। आयोगमा दर्ता भएका सूचीहरू हेर्दा आफन्तवाद, नातावाद र पहुँचका आधारमा नाम समावेश गरिएको आरोप लागेको छ। समानुपातिक प्रणाली सामाजिक समावेशीकरण…

समानुपातिक बन्दसूचीमा पुराना जस्तै नयाँ दलमा पनि आफन्तवादको हावी

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक प्रणालीअन्तर्गत बुझाएको बन्दसूची सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तीव्र आलोचना सुरु भएको छ। आयोगमा दर्ता भएका सूचीहरू हेर्दा आफन्तवाद, नातावाद र पहुँचका आधारमा नाम समावेश गरिएको आरोप लागेको छ।

समानुपातिक प्रणाली सामाजिक समावेशीकरण र पछाडि पारिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि व्यवस्था गरिएको भए पनि व्यवहारमा भने व्यापारी, सेलिब्रेटी, नेताका आफन्त तथा निकटवर्तीहरूलाई प्राथमिकता दिइएको देखिएको टिप्पणी भइरहेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले तथा तत्कालीन नेकपा मात्रै होइन, नयाँ राजनीतिक अभ्यासको दाबी गर्दै आएका दलहरूबाट समेत उस्तै प्रवृत्ति देखिएको भन्दै जनस्तरमा असन्तुष्टि बढेको छ। विशेषगरी पुराना दलको आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समेत समानुपातिक सूचीमा नेताका आफन्त र निकटस्थ व्यक्तिहरूको सूची समावेश गरेपछि प्रश्न उठेको छ।

रास्वपामा समानुपातिक सूची बुझाउने दिन सोमबार साँझ मात्र उज्यालो नेपाल पार्टीसँग एकीकरण गरेका कुलमान घिसिङले आफ्ना भान्जा, ससुरा तथा ससुरालीतर्फका आफन्तहरूलाई सूचीमा समावेश गरेको भन्दै आलोचना चर्किएको छ। चितवनबाट मात्रै १५ जनाको सिफारिस गरिएको तथ्यले समेत विवाद थपिएको छ।

यस्तै, नेपाली कांग्रेसले पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा तथा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फ सिफारिस गरेको विषय पनि चर्चामा छ। अन्य दलहरूबाट समेत विभिन्न नेताका आफन्त, परिवारहरू सूचीमा परेका छन्।

नयाँ र पुराना दुवै दलले समानुपातिक प्रणालीलाई आफन्त व्यवस्थापनको माध्यम बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा नयाँ दलमा पनि ‘नेपो बेबी’कै दबदबा माओवादी, राप्रपालगायत दलले विगतमा समानुपातिक प्रणालीमार्फत संसद्मा गराएको उपस्थिति विषयमा आलोचना गर्दै नयाँ राजनीतिक प्रयोगको वकालत गर्दै आएका दलबाट पनि उस्तै विकृति विसंगतिलाई प्रश्रय दिएकोमा व्यापक टिप्पणी भएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ राजनीतिक दलले ५८ चुनाव चिह्नबाट समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् । तोकिएको १३ र १४ पुसको अवधिमा आयोगमा पेस भएका आधारमा सूची अन्तिम तयारी भएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित हुने २ सय ७५ सदस्यीय संसद्मा १ सय १० जना समानुपातिक प्रणालीतर्फबाट निर्वाचित हुने छन् ।

लैंगिक, जातीय तथा क्षेत्रीय हिसावले पिछडिएकाको कोटमा नेताले आफन्तको लाइन लगाएको यसपटक पनि देखिएको छ । पुराना दलले समानुपातिकका नाममा विकृति भित्र्याएको आरोप लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेताका आफन्तदेखि निकटस्थको लामो लाइन समानुपातिकमा पठाएको छ । समानुपातिकमा नाम पेस गर्ने दिन सोमबार साँझमात्रै सम्झौता गरी रास्वपामा मिसिएका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले आप्mना भान्जादेखि ससुरा र ससुरालीतर्फका आफन्तको लाइन बुझाएका छन् ।

घिसिङले साविक पार्टीका कुनै पनि संयन्त्रमा छलफल नै नगरी एकल तजबिजमा छानेका नाममा घिसिङका भान्जा राम लामा पहिलो नम्बरमा छन् । ‘जनजाति क्लस्टर’मै रहेका धर्मलाल तामाङ कुलमानका ससुरालीतर्फका आफन्त हुन् । ‘कहिले माओवादी र कहिले एकीकृत समाजवादी’मा लाग्दै कुलमानसँग व्यावसायिक साझेदारी गर्दै आएका दुर्गाबहादुर सुवेदी पनि कुलमानका व्यक्तिगत प्रभावका व्यक्ति हुन् ।

रास्वपा सभापति रवि लामिछानेले पनि पिछडिएको वर्ग, दलित, जनजाति तथा खसआर्यसमेत सबै क्लस्टरबाट चितवनका आफूनिकटकालाई मात्र समानुपातिक सूचीमा राखेको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि छ ।

दलित भएकै कारण हेपिएकाको समेत संसद्मा प्रतिनिधित्व गराउन व्यवस्था गरिएको समानुपातिक व्यवस्थाको खिल्ली उडाउँदै सेलीब्रेटीदेखि व्यवसायीलाई ल्याएको छ । चर्चित गायक प्रकाश सपुतदेखि टेलिभिजन होस्ट रिमा विश्वकर्मालाई ‘दलित कोटा’बाट समानुपातिकमा राखिएको छ । विभिन्न दातृ निकयका परियोजना सञ्चालनदेखि राजनीतिक नियुक्ति र पूर्वपत्रकाकार प्रकाशचन्द्र परियारसमेत समेटिएका छन् ।

सामाजिक सञ्जालमा धेरै ‘फलोअर’ भएका र ‘मास मेनिपुलेसन’ गर्नसक्ने ‘मोटिभेसनल स्पिकर’लाई रास्वपाले समानुपातिक सूचीमा राखेको पाइएको छ । उत्पीडित जनजाति समेटेर संसद्मा लैजाने ‘क्लस्टर’बाट क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि आईएनजीओका व्यक्तिसमेत समेटिएका छन् ।

त्यस्तै, व्यापारी व्यवसायीलाई पनि उस्तै जोड दिइएको पाइएको छ । उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालदेखि गोल्डस्टार जुत्ताको म्यानुफ्याक्चर्स कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा समानुपातिकमा परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट ९ महिलासहित २१ जना समानुपातिक सूचीमा परेका छन् । सभापतिको जिल्लाबाट २१ जनाको नाम समावेश भएपछि दुर्गम जिल्लाका पार्टी नेता–कार्यकर्ता आश्चर्यचकित भएका छन् ।

तीन समूहमा गरी १ सय १० जनाको नामावली बुझाएको रास्वपाले चितवनकै २१ जनालाई सूचीमा समेटेको हो । आदिवासी जनजातिमा ५ र खसआर्यमा १६ जनाको नाम समावेश छन् । डा।मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सुदेश गुरुङ, सचिन ढकाल र सुदीप ढकाल, गोविन्द नारायण, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टिकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, रचना खतिवडा क्षेत्री, मञ्जु भुषाल, सिर्जना वली, सितादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल यस क्षेत्रबाट समेटिएका छन् ।

नेताका छोराछोरीलाई समानुपातिकदेखि सुविधामा पहु ँच दिने व्यवस्था भन्दै जेनजी आन्दोलनका बेला चलाइएको ‘नेपोबेबी ट्रेन्ड’बाट कसैले पनि पाठ नसिकेको संकेत समानुपातिकले झल्काएको छ । समानुपातिकतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल र पूर्वराष्ट्रपति डा। रामवरण यादवका छोरा डा।चन्द्रमोहन यादवलाई समानुपातिकमा अवसर दिइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले समानुपातिकतर्फ ‘जेनजी’का रूपमा अवसर पाएका छन् ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको जिल्लाबासी ९ जनालाई समानुपातिक सूचीमा समेटेको छ । पार्टीभित्र समावेशिताको खिल्ली उडाएको आलोचना खेपिरहेका ओलीले समेटेकामा भने नयाँलाई अवसर दिएका छन् । झापाबाट मेनुका काफ्ले, अनिता कन्दङ्वा, निता घतानी, निर्मला पाठक, विद्यानन्द राजवंशी, सोम पोर्तेल, विनाकुमारी शाह, लता प्रसाई र जितु गौतम दर्जी समानुपातिक उम्मेदवारको सूचीमा परेका हुन् ।

समानुपातिक प्रणालीतर्फबाट उम्मेदवार बन्न ‘पुराना’ भनिएका दलले भने नयाँलाई अवसर दिएको देखिएको छ । नेपाली कांग्रेसमा तीन चर्चित नेताबाहेक नयाँलाई अवसर दिइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन् । अर्जुननरसिंह केसी, गोपालमान सिंह, भिमसेनदास प्रधान र भिष्मराज आङदेङवेबाहेक सबै नयाँलाई अवसर दिइएको सोपार्टीले जनाएको छ ।

कांग्र ेसले २०६४ देखि २०७९ सालसम्म समानुपातिकमा नरहेकालाई यसपाली समानुपातिकमा राखिएको प्रवक्ता डा।प्रकाशशरण महतले बताए । नेपाली कम्युनिस्ट पार्टीले पनि समानुपातिकमा नयाँलाई अवसर दिएको जनाएको छ ।