हिँजो कोरोनाबाट मृ*त्यु भएकी महिलाको १२ दिने शिशुमा देखियो यस्तो रोग

काठमाडौं । कोरोना संक्रमणबाट मृ*त्यु भएकी महिलाको १२ दिने नवजात शिशुमा जण्डिस (कमलपित्त) देखिएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गत बिहीवार उपचारका क्रममा मृ*त्यु भएको थियो । बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको थियो । धुलिखेल अस्पतालका प्रवक्ता सुमनरा…

हिँजो कोरोनाबाट मृ*त्यु भएकी महिलाको १२ दिने शिशुमा देखियो यस्तो रोग
काठमाडौं । कोरोना संक्रमणबाट मृ*त्यु भएकी महिलाको १२ दिने नवजात शिशुमा जण्डिस (कमलपित्त) देखिएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गत बिहीवार उपचारका क्रममा मृ*त्यु भएको थियो । बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको थियो । धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गर्नुभयो । ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो । आइतवार बिहानसम्मको स्थितिमा शिशुको अवस्था सामान्य नै देखिए पनि उसमा जन्डिस देखापरेको डाक्टर ताम्रकारले बताउनुभयो । शिशुको आइसोलेसनमा उपचार भइरहेको छ। आमाको कोरोना भाइरसको संक्रमणका कारण मृ*त्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ । स्वाब संकलन गरिसकिएको र भोलिसम्म रिपोर्ट आउन सक्ने भन्दै उहाँले आज बिहानसम्म शिशुको अवस्था सामान्य भए पनि जण्डिस देखिएकाले बालरोग विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली खटिएर उनको उपचार भइरहेको छ। संकलन गरिएको स्वाबको परीक्षण धुलिखेल अस्पतालको प्रयोगशालमा हुँदैछ । संक्रमितको मृ*त्यु भएकाले मात्र २९ वर्षीय महिलाको दोर्होयाएर परीक्षण गर्न पठाइएको उहाँले बताउनुभयो । मृ*त्यु भएको अवस्थामा मात्र रेकर्डका लागि मात्र स्वाब परीक्षण गर्न काठमाडौं पठाएको उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पताललाई कोभिड १९ का लागि क्लिनिकका रुपमा मान्यता दिएको छ । यो अस्पतालले दोलखा, रामेछाप सिन्धुपाल्चोक लगायतका जिल्लाहरु हेर्दै आएको छ । (साभार पहिलो पोष्ट)