जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय…

जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।

सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।