काठमाडौं । बिहीवार अस्पतालमा कोरोनाका कारण मृ*त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज परीक्षणको रिपोर्ट आएको हो । शिशु तथा उनका बाबु, हजुरआमा र सानिआमाको पनि थ्रोट स्वाब लिइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको डाक्टर ताम्राकारले बताउनुभयो । ’उहाँहरुको रिपोर्ट नेगेटिभ आएको छ । अब उहाँहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाइने छ,’ डाक्टर ताम्राकारले भन्नुभयो, ’उहाँहरुलाई अब आइसोलेसनबाट क्वारेन्टाइनमा पठाइने छ ।’
सुत्केरी महिलाको मृ*त्यु भएलगत्तै शिशु र परिवारका सदस्यलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियो ।
कोरोनाबाट मृ*त्यु भएकी महिलाको १२ दिने शिशुमा कोरोना नेगेटिभ
काठमाडौं । बिहीवार अस्पतालमा कोरोनाका कारण मृ*त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्र…
