सुन तोलाको तीन लाख नाघ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको हो। एकैदिन सुनको मूल्य ९ हजार २ सय रुपैयाँ बढेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा…

सुन तोलाको तीन लाख नाघ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको हो। एकैदिन सुनको मूल्य ९ हजार २ सय रुपैयाँ बढेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो।